Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल ट्रस्टको सम्पत्ति कसकसले प्रयोग गरे ? (पूर्णपाठसहित)


  • बुधबार, फाल्गुन १४ २०७६

  • नेपाल ट्रस्टको सम्पत्ति कसकसले प्रयोग गरे ? (पूर्णपाठसहित)

     

    काठमाडौं – नेपाल ट्रस्टको कार्यालयले आफूसँग भएका सम्पूर्ण चलअचल सम्पत्तिको विवरणसहितको श्वेतपत्र सार्वजनिक गरेको छ । ट्रस्टका अध्यक्ष रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गरेका हुन् । नेपाल ट्रस्टको कुल जग्गा साढे २१ हजार रोपनीभन्दा बढि रहेको छ । नेपाल ट्रस्टको नेपालभर कुल २१ हजार ५ सय ६२ रोपनी, ४ आना, २ पैसा, १ दाम भएको पाइएको हो ।
    ट्रस्टको सबैभन्दा बढी जग्गा धादिङमा छ । धादिङमा कुल जग्गाको ७० प्रतिशत अर्थात् १५ हजार १ सय १ रोपनी जग्गा छ भने काठमाडौंमा २१ दशमलब ६१ प्रतिशत अर्थात् ४ हजार ४ सय ४२ रोपनी जग्गा छ ।
    ट्रस्टको अरु जग्गा भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत र कास्कीमा छरिएर रहेको छ ।

    पूर्ण पाठ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij