काठमाडौं – चितवनको भरतपुरस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ सदस्यहरु नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट ६ जना सदस्यहरु नियुक्त भएका हुन् ।
नियुक्त हुनेहरुमा डा. विनय ठाकुर, डा. कैलाश भण्डारी, डा. रक्षा श्रेष्ठ, डा. सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी हुन् । न्यौपाने नेकपा भरतपुर नगरकमिटी अध्यक्ष र अधिकारी अनेरास्ववियु नेतृ हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
