Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ७५ जना नै पूर्ण स्वस्थ


  • मंगलबार, फाल्गुन ६ २०७६

  • खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ७५ जना नै पूर्ण स्वस्थ

    भक्तपुर – चीनबाट सरकारले उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपाली शारीरिक र मानसिक रुपमा ठीक रहेको बताएको छ ।
    मंगलबार अनुगमनमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा भययुक्त वातावरणमा असुरक्षा महसुस भए पनि नेपाल फर्किएपछि उनीहरुमा त्रास हराएको बताए । ‘यहाँको स्वच्छ वातावरणले पनि मनोबलमा राम्रो प्रभाव पारेको छ, थप केही समस्या छन् भने राज्यका तर्फबाट कोअर्डिनेसन गर्न तयार छौं ।’
    सरकारले गरेको तयारीप्रति उद्धार गरिएका नेपाली सन्तुष्ट रहेको प्रतिक्रिया पाएको पनि ढकालले बताए । मंगलबार मन्त्री ढकालसहितको टोलीलाई क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीले उद्धार गरिएका नेपालीको अवस्थाबारे जानकारी गराएको छ ।
    क्वारेन्टाइनस्थलमा खटिएका चिकित्सक नेपाली सेनाका सेनानी डा. नवीन फुयाँलले भने ‘उहाँहरु फिजिकल्ली, मेन्टल्ली र सोसियल्ली फिट हुनुहुन्छ ।’ चीनमा कोरोना भाइरसको त्रासमा रहेका नेपाली आफ्नै देशमा फर्किन पाएको र क्वारेन्टाइनमा दिइएको सुविधाका कारण अहिले सामान्य अवस्थामा रहेका डा. फुयालले बताए ।
    उनका अनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा ४० जना महिला, २ जना बालबालिकासहित १ सय ७५ जना नेपाली रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij