काठमाडौं– प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेको छ। एक महिनादेखी नेतृत्व विहिन भएको चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ। यहाँ यसअघि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो। पन्तलाई चितवन जान रमना नदिएर अहिले गुरूङलाई सरूवा गरिएको हो।
एसपी पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ।
पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा भएका छन्। बारामा एसपी कृष्ण पंगेनीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
