काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा आइतबार सुन ५०० रुपैयाँले बढेको हो । शुक्रबार सुन तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ८९५ रुपैयाँमा कारोबार भएको छ । यसअघि चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
