Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुईदिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न


  • बिहिबार, माघ ९ २०७६

  • दुईदिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न

    काठमाडौं – मंगलबारदेखि शुरु भएको दुईदिने राष्ट्रिय युवा सम्मेलन घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनपश्चात, देशका हरेक कुनाकाप्चामा विभिन्न समस्याहरूसँग सामना गरिरहेका युवाहरूको एकिकृत आवाज युवाका आह्वानहरू र आफ्ना प्रतिबद्धताहरूका रूपमा सरोकारवालाहरूका सामु पुर्याउन घोषणा पत्र अनुमोदन समेत गरेको छ ।
    नेपाल सरकार राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा साथी, जागृति बाल तथा युवा सरोकार नेपाल, बेइजिङ्ग पुनरावलोकनका लागि राष्ट्रिय संजालको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
    ‘समानताको पुस्ताः प्रतिवद्ध युवा दस्ता’ नाराका साथ नेपालका ७७ वटै जिल्लाका युवाहरूको भेला सहित ललितपुरमा आयोजित राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यन्वयनमा जोड दिएको छ ।
    सन् १९९१ मा नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसंघको महिला माथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धी , सन् १९९४ मा भएको जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन , सन् १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले अपनाएको बेइजिङ घोषणापत्र , सन् २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव २२५०, महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव १३२५, २०७२ मा जारी भएको नेपालको संविधान, राष्ट्रिय युवा नीति, युथ भिजन २०२५, जस्ता विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरूको कार्यन्वयनमा जोड दिएको छ । साथै आ–आफ्नो क्षेत्रमा काम गरिरहेका २ सय ५० भन्दा बढी युवाहरूकोलागि विभिन्न सेसनहरुबाट सीपमुलक ज्ञान दिएको छ ।
    लैङ्गिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासहरूको महŒवपूर्ण समयक्रम पूरा भएको उत्सवका रूपमा पनि जोडेर अन्तरपुस्ता, लैङ्गिक समानता, यौन तथा प्रजनन् स्वास्थ्य, देशमा रहेका विभिन्न प्रणाली, संरचना, नीति तथा अभियानहरूमा हाम्रो प्रतिकृया, मानसिकतामा परिवर्तन, रुढिवादी धारणामाथि सम्बोधन, शान्ति, सुरक्षा, जस्ता विविध पाटाहरूमा गहन छलफलका साथ यस सम्मेलनमा सहभागी युवाहरू, युवा, किशोरकिशोरी र बाल मैत्री वातावरणको सिर्जनाका लागी थप जागरुक र सशक्त भएको बताएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij