काठमाडौं– धादिङमा मंगलबार मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख ८०१२ नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो।
मृत्यु हुनेहरुमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र नजबहादुर गुरुङ रहेका छन्। मृतकहरु नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका वासिन्दा हुन्।
उक्त ट्रकमा २५ जना थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
