काठमाडौं – प्रतिनिधिसभाका सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् । लगतै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
सभामुखको उम्मेदवारी दर्ताको समय भने भोलि मंगलबार ७ विहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सोमबार नै राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
