Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिमालयन शेर्पासँग मछिन्द्रको अप्रत्यासित हार


  • शुक्रबार, माघ ३ २०७६

  • हिमालयन शेर्पासँग मछिन्द्रको अप्रत्यासित हार

    काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले मछिन्द्र क्लबमाथि अप्रत्यासित जित हात पारेको छ । शुक्रबार भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्रमाथि २-० गोलको अप्रत्यासित जित हात पारेको हो । लिगमा पहिलो हारसँगै मछिन्द्र दोस्रो स्थानमा मात्र झरेन, उपाधि होडमा नै नराम्रो धक्का लागेको छ । लिगकै पहिलो जितले रेलिगेशन संकट टार्न संघर्षरत हिमालयन शेर्पा पनि नवौं स्थानमा उक्लिएको छ ।

    दशरथ रंगशालामा हुने भनिएको खेल वर्षाका कारण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाएको थियो । खेलमा शिमालयन शेर्पाले पहिलो मिनेटमै अग्रता लियो । विनोद गुरुङले हानेको बलमा मछिन्द्रका पिटर सेगुनले आत्मघाती गोल गरे ।

    खेलको १९औं मिनेटमा निरज बस्नेतको फ्रिकिकमा विजय श्रेष्ठले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन र हिमालयन शेर्पा विजयी भयो ।

    जितपछि ७ खेलबाट ७ अंक जोड्दै शेर्पा नवौं स्थानमा उक्लिएको छ भने लिगको पहिलो हारले मछिन्द्र दोस्रोमा झरेको छ । शीर्ष स्थानमा उक्लिएको नेपाल आर्मीको समान १३ अंक भए पनि मछिन्द्र गोलअन्तरमा आधारमा दोस्रो स्थानमा झरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij