अस्ट्रेलियामा तिन महिनादेखि डढेलोको काहाली लाग्दो अवस्थाकाकारण हजारौ जनता घरबार बिहिन भएको बेला अहिलेसम्म करिब पाँंच करोड पुशपंक्षी जलेर खरानी भएको तथ्यांकले अहिले देशले ठुलो संकटको सामना गर्नु पर्ने देखिएको छ । पुशपालन गरिएका लाखौ गाइबस्तुसँंगै जंगलमा रहेका लाखौ कंगारु अनि दुर्लभ हजारौ क्वाला तथा अन्य जंगली जनाबर डढेलोले सखाप बनाएको तथ्य हालै बिेशषज्ञहरुले सार्वजनिक गरेका थिए । जसमा किरा फट्यांग्राबाहेक चराचुरंगी समेत जोडेर पाँंच करोडको हाराहारीमा जनाबर तथा पुशपंक्षी अझसम्मको आगलागीमा मरेका छन, जुन तथ्यांक बाताबरणिय दृष्टीकोणमा कहालीलाग्दो देखिएको छ । अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ भने कयैन बस्तीहरु आगलागीका कारण राख भएका छन । त्यती मात्र होइन यस डढेलो र धुवाँंले अस्ट्रेलियाकै बाताबरण समेत खराब प्रभाप पारेको छ । अहिले राजधानी क्यानबेरा,सिड्नी, मेलवर्नजस्ता शहरहरुको हावामा निकै खराब प्रदुशण रहेको समेत बिशेषज्ञहरुले बताएका छन । यो डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको र यसको प्रकोपमा परि २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेका छन । यस डढेलोको कारण दुइ हजार ६ सय घरहरु नष्ट भएका छन भने अझै धेरै स्थानमा यसको प्रभाव जारी नै रहेको छ । एनएसडब्लु सरकारले त दुइ पटक संकटकाल समेत धोषणा गरेर आगलागीलाई नियन्त्रणको प्रयास जारी राखेको छ । पछिल्लो तिन महिनादेखि बर्षा समेत नभएको कराण पनि सुखा याम र चर्को घामले डढेलो बिस्तारहुदै गएको देखिन्छ ।
सरकारले ग्रामिण अग्नी नियन्त्रकले मात्र यसको समाधान गर्न नस्क्ने देखिेपछि सेना समेत परिचालन गर्ने निर्णय गरेर डढेलोवाट मुक्तीको प्रयास गरेपनि अझसम्म धन र जनको ब्यापक क्षतीका वाबजदु यसलाई नियन्त्रणमा लिन सकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
