Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • बुधबार, पुष १६ २०७६

  • बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

    बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा बुधबार ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट रड लिएर धनगढीतर्फ जाँदै गरेको लु२ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजे नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय बग्नाहाले जनाएको छ ।

    ट्रकमा चालक, सहचालक र दुई महिला यात्री रहेकोमा तीन जनाको मृत्यु भएको हो भने घोराही–११ निवासी चालक कर्णबहादुर चौधरी घाइते छन् । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको बर्दिया प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुल्मी घर भएका अन्दाजी २५ वर्षीय सहचालक निमबहादुर सार्कीसहित दुई महिलाको दुर्घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवै महिलाको सनाखत हुन सकेको छैन ।
    ट्रक पल्टिएर च्यापिएको अवस्थामा जेसीबीको सहयोगमा उद्धार गरिएको प्रहरीको भनाइ छ । उद्धारका क्रममा चालक घाइते अवस्थामा फेला परेको र अन्य तीन जनाको दुर्घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij