Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिद्धबाबा धरौटीमा छुट्दा महरा चाहि जेलमै ?


  • सोमबार, पुष १४ २०७६

  • सिद्धबाबा धरौटीमा छुट्दा महरा चाहि जेलमै ?

    काठमाडौं– सिद्धबाबा भनिने कृष्णदास गिरी र निर्वतमान सभामुख कृष्णबहादुर महरा माथि लागेको आरोप प्राय समान छन् । दुबैलाई बलत्कारको आरोप लागेको छ । गिरीलाई बलत्कार नै गरेको भन्ने आरोप छ भने महरालाई बलत्कार प्रयास भनिएको छ । तर गिरीले जिल्ला अदालतबाटै ३ लाख धरौटीमा छुट्ने सुविधा पाएका छन् भने महरा काठमाडौं जिल्ला अदालतको आदेशमा डिल्लीबजार करागारमा छन् । महराको हकमा उच्च अदालत पाटनले जिल्ला अदालतकै आदेशलाई समेत सदर गरेको छ ।
    दुबै घटना चर्चाका दृष्टिले सञ्चार माध्यम र सामाजिक सञ्जालमा उच्च महत्व पाएको घटना हो । एकै प्रकृतिको दुबै चर्चित घटनामा फरक फरक फैसला आउनुलाई आश्चर्यको रुपमा हेरिएको छ । महरालाई धरौटीमा रिहा नगरेर अन्याय गरिएको हो वा गिरीलाई धरौटीमा छाडेर विशेष सुविधा दिइएको हो ? बुझ्न सकिएको छैन् ।
    उदेक लाग्दो कुरा के छ भने महराले बलत्कार प्रयास गरिएकी भनिएकी महिलाले अदालतमा नै आफु माथि कुनै दुव्र्यवहार नभएको निवेदन बुझाएकी छन् भने गिरीले बलत्कार गरिएकी भनिएकी महिलाले आफु माथि उनले बलत्कार नै गरेको हो भन्ने अभिव्यक्ति दिइरहेकी छिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij