काठमाडौं– ‘हेमबहादुर मल्ल सम्मान’ पुरष्कारबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ चिकित्सक सन्दुक रुइत सम्मानीत हुने भएका छन् ।
मंगलबार नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले पत्रकार सम्मेलन गरी घिसिङ र रुइतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो ।
साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखिको लोडसेडिङ समस्यालाई हटाउन योगदान गरेको र रुइतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकोले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाएको छ ।
सम्मान प्रदान गर्न गठीत उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरी बास्कोटाले घिसिङलाई २०७३ सालको र रुईतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताए ।
हेमबहादुर मल्ल सम्मान पुरस्कार २०५९ सालमा स्थापना गरिएको हो । बाग्लुङमा जन्मिएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रवन्धक भई रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गरेकाले कर्पोरेशनले उनको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो । पुरष्कार २ लाख राशीको रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
