गोरखा – गोरखा पालुङटार नगरपालिका–६ बुढीचौरमा जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।
मंगलबार बुढीचौरबाट काठमाडौं जादै गरेको ग १ ज ७४९४ नम्बरको जीप ओरालोमा चिप्लिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
घाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु र रमेश थारु रहेको ट्राफिक प्रहरीले जनाएको छ .
उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये रोकाको अवस्था गम्भीर रहेको k|x/Ln] hgfPsf] 5 . जीप र चालक प्रहरी नियन्त्रणमा छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
