काठमाडौं -चन्द्रागिरी नगरपालिका– १२ स्थित गुर्जुधारामा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार बिहान गाडीको ठक्करबाट पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मृत्यु भएको महानगरी प्रहरी वृत थानकोटले जनाएको छ ।
प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो। मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । उनलाई ठक्कर दिने गाडी र चालक फरार भएकाले कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि, हिजोमात्रै काठमाडौँको सुकेधारामा बसको ठक्करबाट गोरखा घर भइ धुम्बाराही बस्दै आएकी सृष्टि पन्तको मृत्यु भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
