Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गैरकानुनी गतिविधिमा संलग्न ८६ जना चिनियाँ नागरिक पक्राउ


  • सोमबार, पुष ७ २०७६

  • गैरकानुनी गतिविधिमा संलग्न ८६ जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ८६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
    नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    प्रहरीले के कस्तो गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्नेबारे केही खुलाएको छैन । पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् ।
    प्रहरीले पक्राउ परेकाहरुबाट ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको बताइएको छ ।
    काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij