बारा- बाराको विश्रापुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई पक्राउ गरी कारागार चलान गरिएको छ।
१३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा फरार प्रतिवादीको आरोप लागेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरेर कैद भुक्तानीका लागि कारागार पठाएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवनाको फैसला कार्यान्वन गर्न राउतलाई पक्राउ गरी कारागार पठाइएको छ।
२०६२ सालमा घटेको घटनामाथि २०६३ साल भदौ २९ मा जिल्ला अदालतले २९ दिन जेल र दुई हजार जरिवना गर्ने फैसला भएको थियो । प्रहरीले फरार रहेका राउतलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ।
राउतलाई २९ दिन थुनामा राख्न कारागार पठाइसकिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
