Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको ह्यान्डलबाट भिडियो रिट्वीट भएकोबारे प्रहरीले सुरु गर्यो अनुसन्धान


  • आइतबार, पुष ६ २०७६

  • प्रधानमन्त्रीको ह्यान्डलबाट  भिडियो रिट्वीट भएकोबारे प्रहरीले सुरु गर्यो अनुसन्धान

    कामठमाडौं- नेपाल प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको प्रतिपक्षी दल कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडियो रिट्वीट भएको विषयमा अनुसन्धान थालेको छ।
    शुक्रबार बेलुकी प्रधानमन्त्री ओलीको ह्याण्डलबाट गान्धीले बोलेको भिडियो रिट्वीट भएको विषयमा अनुसन्धान गर्न ब्युरोले टेक्निकल टिम खटाएको हो।

    प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल ह्याक भएको हो वा पासवर्ड दुरूपयोग भएको हो भन्ने विषय पत्ता लागिनसकेको ती अधिकारीले बताए।
    भारतीय कांग्रेसको आधिकारिक ट्वीटरमा राखिएको उक्त भिडिओलाई ‘शिभम् विज’ नाम गरेको ट्वीटर ह्याण्डलले रिट्वीट गरेको थियो। उक्त भिडिओलाई नै प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट गरिएको थियो। अहिले त्यो रिट्वीट हटाइएको छ।
    यस विषयमा भारतीय सञ्चारमाध्यमहरूले पनि समाचार प्रकाशन गरेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij