Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकल बालेर सुतेका आमाछोराको मृत्यु


  • सोमबार, मंसिर ३० २०७६

  • मकल बालेर सुतेका आमाछोराको मृत्यु

    काठमाडौँ – काठमाडौँको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ । कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कीर्तिपुर नगरपालिका–८ पाँगा बसपार्क नजिकै सुन्दरबस्तीमा ३२ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा रोमशको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

    भेन्टिलेटर नभएको कोठामा अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि थप अनुसन्धान भइरहेको उनले बताए ।

    सँगै सुतेका श्रीमान् नवराज भने सकुशल रहेका छन् । बिहान श्रीमतीलाई उठाँउदा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij