काठमाडौं – कुमारी बैंकले सिन्धुपाल्चोकस्थित आफ्नो मेलम्ची शाखाको औपचारिक उद्धघाटन सम्पन्न गरेको छ। बैंकका संचालक कृष्णप्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालज्यूले उक्त शाखा संयुक्त रुपमा उद्धघाटन गरे।
बैंकले त्यस क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखाको विस्तार गरेको बताएको छ। कुमारी बैंकले देशभर रहेका ११६ शाखा संजाल, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ इकाईमार्फत् सेवा दिदैं आएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
