Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डोटीका बेपत्ता पत्रकार खड्काको १५ महिनापछि अस्थिपञ्जर फेला


  • बुधबार, मंसिर ११ २०७६

  • डोटीका बेपत्ता पत्रकार खड्काको  १५ महिनापछि अस्थिपञ्जर फेला

    काठमाडौँ – नेपाल पत्रकार महासंघले महासंघले पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको १५ महिनापछि अस्थिपञ्जर फेला परेको घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धानको माग गरेको छ ।
    महासंघका महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तिमा रहस्यमय घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन राज्यका सम्बन्धित निकायसँग माग गरिएको छ ।

    मिति : २०७६।०८।११

    प्रेस विज्ञप्ति

    विगत १५ महिनादेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएको छ । सामानसँगै अस्थिपञ्जरसमेत भेटिएको छ ।

    २०७५ भाद्र १० गते करिव १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए । १५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुनसक्ने हुँदा यसको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न महासंघ सरकारसँग माग गर्दछ । साथै, उक्त रहस्यमय घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन महासंघ राज्यका सम्बन्धित निकायसँग आग्रह गर्दछ ।

    ………………..
    रमेश विष्ट
    महासचिव

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij