काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेन्टिलेटर ( कृतिय श्वासप्रश्वास ) मा राखिएको छ । आज विहान उहाँको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया अघि नै एपेन्डिसाइटिस पेट भित्रै फुटेकाले संक्रमणको जोखिम हुन सक्ने भएकाले भेन्टिलेटरमा राखिएको हो ।
ओलीको मनमोहन कार्डियोथोराटिस भास्कुलर एण्ड सेन्टरमा उपचार गरिएको छ । डा उत्तमकृष्ण श्रेष्ठ र अरुण सायमी सहित ६ सदस्यीय चिकित्सकको टोली उपचारमा संलग्न छ । चिकित्सकहरुले शल्यक्रिया सफल भएको जनाएका छन ।

यसै विच प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे अस्पतालले दोस्रो विज्ञप्ती जारी गरेको छ । ७:३० जारी विज्ञप्तीमा उहाँको अवस्था स्थीर रहेको जनाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
