काठमाडौं – वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो।
कसजू सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुन्। कसजूले सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनको जन्म पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन भएको थियो।तर उनको बाल्यकाल गुल्मीको रिडीमा बितेको थियो।
उनले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा काम गरेका थिए। राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि काम गरेका थिए। पत्रकारिता र साहित्य दुवै विधामा परिचित हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
