काठमाडौं – देशको सबै भन्दा पुरानो त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन्।
सोमबार बिहान कलेज परिसरमा विद्यार्थीले उनलाई कुटपिट गरेका हुन्। विद्यार्थीले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै प्रमुख न्यौपानेलाई कुटेका हुन्।
क्याम्पस प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
प्रहरीले दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
