Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री सचिवालयका भट्टराई र रिमालको राजीनामा अस्वीकृत, दुई सल्लाहारसहित ६ जनाको भने स्वीकृत


  • शुक्रबार, कार्तिक २९ २०७६

  • प्रधानमन्त्री सचिवालयका  भट्टराई र रिमालको राजीनामा अस्वीकृत, दुई सल्लाहारसहित ६ जनाको भने स्वीकृत

    काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा स्वीकृत गरेका छन् ।
    राजीनामा स्वीकृत हुनेमा प्रेश सल्लाहाकार कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् । राजीनामा स्वीकृत भएसँगै उनीहरु पदमुक्त भएका छन् ।
    अर्यालसहित ६ जनाको राजीनामा भने मंसिर १ गतेबाट लागु हुनेगरी स्वीकृत भएको हो ।

    प्रधानमन्त्री ओलीले गत साता सचिवालयका सवै ११ सदस्यलाई सामुहिक राजीनामा गर्न लगाएका थिए । तर प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा भने अस्वीकृत भएको छ । यसको अर्थ हो रिमाल र भट्टराई प्रधानमन्त्री ओलीको रोजाइमा परेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij