Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बंगलादेशका राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता


  • बुधबार, कार्तिक २७ २०७६

  • बंगलादेशका राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    काठमाडौँ नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।
    बुधबार बिहान भएको भेटवार्तामा बंगलादेशका राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन प्रचण्डले खलेको भूमिकाको प्रशंशा गरेका थिए । यस्तै राष्ट्रपतिले आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल सुन्दर मुलुक भएको बताए ।
    नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति अब्दुलले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकता अविस्मरणीय रहेको बताए ।
    यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयॉ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि दुई राष्ट्रपति अब्दुल र अध्यक्ष प्रचण्डबीच छलफल भएको बताइएको छ ।

    चार दिने नेपाल भ्रमणको सिलसिलामा राष्ट्रपति अब्दुल मंगलबार नेपाल आएका थिए । बुधबार बिहान राष्ट्रपति अब्दुल र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच पनि भेटवार्ता भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij