Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज महराको थुनछेक बहस


  • आइतबार, कार्तिक १७ २०७६

  • आज महराको थुनछेक बहस

    काठमाडौं -संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आजबाट थुनछेक बहस सुरु हुँदैछ ।
    बन्द इजलासमा थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंले जनाएको छ । उनको थुनछेक बयान पनि न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भएको थियो ।
    महराको बयान शुक्रबार सकिएको थियो । सो दिन समय अभाव भएपछि आइतबारबाट थुनछेक बहस हुन लागेको हो ।
    थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ ।
    प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजायँ मागदावीसहित जिल्ला अदालतमा महराविरुद्ध मुद्दा दायर गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij