काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार दिनभर बालुवाटारमै आराम गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चिकित्सकको सुझावअनुसार नै प्रधानमन्त्रीको शुक्रबार कुनैपनि कार्यक्रम वा भेटघाटको औपचारिक कार्यक्रम नराखिएको हो । अल्ट्रा–फिल्ट्रेसन र हेमोडायलाइसिस गरेर दुई दिने अस्पताल बसाइपछि बिहीबार बेलुका फर्केका थिए ।
मेडिकलको भाषामा अल्ट्रा–फिल्ट्रेसन भनेको रगतमा भएको पानी निकाल्ने विधि र हेमोडायलाइीससबाट शरिरमा रहेको पानी र अन्य खराब तत्व निकाल्ने विधि हो । सामान्य स्वास्थ्य परीक्षणका लागि बुधबार ग्राण्डी अस्पताल लगिएका थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
