Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एन्फालाई एएफसीद्वारा १० हजार डलर जरिवाना


  • शुक्रबार, कार्तिक ८ २०७६

  • एन्फालाई  एएफसीद्वारा १० हजार डलर जरिवाना

    काठमाडौं – अखिल नेपाल फटुबल संघ (एन्फा) लाई एसियन फुटबल फेडेरेशन (एएफसी) ले १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
    एएफसीको अनुसन्धान तथा आचारसंहिता कमिटीले निश्चित मापदण्ड नपुर्‍याई क्लबहरुलाई लाइसेन्स दिएको भन्दै १० हजार अमेरिकी डलर जरिवाना लगाएको हो ।
    एन्फाले एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा नगरे ३५ हजार अमेरिकी डलर भन्दा बढी जरिवाना र प्रतिबन्ध पनि लाग्न सक्ने चेतवानी दिएको छ ।
    एएफसीले सदस्य राष्ट्रलाई आफ्ना क्लबहरुलाई एएफसी लाइसेन्स वितरण गर्न आग्रह गरेको थियो । सोहीअनुसार एन्फाले नेपालका ९ वटा क्लबलाई लाइसेन्स दिन प्रस्ताव गरेको थियो ।
    एएफसीले लाइसेन्स दिएको केही महिनापछि क्रस चेक गर्दै नेपालका तीन वटा फुटबल क्लब मनाङ मर्स्याङ्दी, थ्री स्टार र आर्मी क्लबलाई अडिट रिपोर्ट बुझाउन आग्रह गरेको थियो । सोही क्रममा तीन वटा क्लबले नै एएफसीको न्युनतम मापदण्ड पनि पूरा नगरेको पाएपछि जरिवाना गरेको हो ।
    मुख्यगरी युथ डेभ्लोभमेन्ट प्रोग्राम, एकेडेमी लगायत नभएको भन्दै एएफसीले जरिवाना गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij