Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पशुपति आर्यघाटमा शव जलाउनेले १५ सय, अवकाश हुँदा पाँच लाख पाउने


  • बुधबार, कार्तिक ६ २०७६

  • पशुपति आर्यघाटमा शव जलाउनेले १५ सय, अवकाश हुँदा पाँच लाख पाउने

    काठमाडौं – पशुपति आर्यघाटमा शवदाह गर्ने कामदारहरूले पशुपति क्षेत्र विकास कोषले सेवासुविधा वृद्धि गरेपछि आन्दोलन फिर्ता लिएका छन्।

    सेवा, सुविधा वृद्धिको माग राखेर बुधबार बिहान ६ बजेदेखि कामदारले आन्दोलन सुरु गरेका थिए । उनीहरुले शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम ठप्प पारेका थिए। आन्दोलनरत कामदार र कोषबीच भएको वार्तामा सेवा सुविधा वृद्धि गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।

    एउटा शव जलाएबापत कामदारले एक हजार दुई सय रुपैयाँ पाउँदै आएका थिए। तीन सय रुपैयाँ वृद्धि गरेर एक हजार पाँच सय रुपैयाँ पुर्‍याइएको छ । अवकाश हुँदा एक लाख ५० हजार रुपैयाँ पाउने गरेका कामदारले अबदेखि पाँच लाख रुपैयाँ पाउनेछन्। औषधि उपचारका लागि पाँच हजार रुपैयाँ खर्च दिँदै आएको कोषले अबदेखि पन्ध्र हजार रुपैयाँ पुर्‍याएको हो। साथै दुई लाख रुपैयाँ बराबरको बीमा गर्ने पनि सहमति भएको छ।

    कोषले आठ वर्षपछि कामदारको सेवा सुविधा बृद्धि गरेको हो।
    कामदारको आन्दोलनले शव जलाउन समस्या हुने देखिएपछि कोषले विद्युतीय शवदाह गृह सञ्चालनमै राखेको थियो भने दाउरामै शव जलाउन खोज्नेलाई वैकल्पिक व्यवस्था गरेर अरू कामदार तयारी अवस्थामा राखेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij