Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलात्कारपछि हत्या मुद्दाका दोषी १९ वर्षपछि अमेरिकामा पक्राउ


  • बुधबार, कार्तिक ६ २०७६

  • बलात्कारपछि हत्या मुद्दाका दोषी १९ वर्षपछि अमेरिकामा पक्राउ

    काठमाडौं – बलात्कारपछि हत्या गरेको अभियोगका दोषीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ ।
    झापा चन्द्रगढी–३ घर भई हाल अमेरिकामा बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो । लिलाराज विरुद्ध ०७४ मंसिरमा रेड नोटिस जारी भएको थियो ।
    गौतमलाई बुधबार टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको छ । उनी २०१८ फ्रेबुअरी ३ मा अमेरिकामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
    २०५७ साल असोज २९ गते गौतमसहित मनोज खड्का र सीताराम खड्काले चन्द्रगढी–३ की एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ । सर्वोच्च अदालतले ०६६ भदौ १९ गते उनीहरुलाई जन्मकैदको सजाय सुनाएको थियो । गौतमलाई आवश्यक कारवाहीको लागि केन्द्रीय अनुसन्धान व्युरो को जिम्मा लगाइएको छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij