Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मधेश आन्दोलनबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चको आदेश


  • बिहिबार, असोज ३० २०७६

  • मधेश आन्दोलनबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले मधेश आन्दोलनबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलाशले बिहीबार मधेस थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न हुने वा नहुने ३ महिनाभित्र निर्णय गर्न सरकारलाई आदेश दिएको हो ।

    अधिवक्ता शशीधर पाण्डेयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गृह मन्त्रालय र सूचना आयोगको नाममा उत्प्रेषणको आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा दिएको रिटको सुनुवाई गर्दै राणा र मल्लको इजलाशले सो आदेश दिएको हो । २०७२ सालको साउनदेखि फागुनसम्म भएको मधेश आन्दोलनका बेला ५६ आन्दोलनकारी र १० जना प्रहरीले ज्यान गुमाएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij