Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएनए चुनाव : नयाँ नेतृत्वका लागि मतदान जारी


  • बिहिबार, असोज ३० २०७६

  • एनआरएनए चुनाव :  नयाँ नेतृत्वका लागि मतदान जारी

    काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति चयनका लागि अहिले मतदान जारी रहेछ । भोटिङ मेसिनले काम नगरेपछि हिजो स्थगित भएको मतदान उच्च सुरक्षाबीच काठमाडौंको हायात होटलमा बिहीबार बिहान साढे १० बजेदेखि सुरु भएको हो ।
    निर्वाचन कमिटिका अनुसार कुमार पन्त र कुल आचार्यको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । त्यस्तै चार जना उपाध्यक्षका लागि नौजनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा हिक्मतबहादुर थापा, किरणविक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र केशव पौडेलको उम्मेदवारी परेको हो ।
    एक महिला उपाध्यक्ष पदका लागि दुईजनाले उम्मेदवारी दिएका छन् । सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ ।
    त्यस्तै एक महासचिव पदका लागि जानकी गुरुङ र हेमराज शर्माको उम्मेदवारी परेको हो । दुई सचिव पदमा दीपकप्रसाद ओली, सुष्मा लिम्बू, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा, विनय अधिकारीले सचिवमा उम्मेदवारी दिएका हुन् ।

    एक कोषाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । सोमनाथ सापकोटाले साँझ उम्मेदवारी फिर्ता लिएका छन् । सापकोटाले फिर्ता लिएसँगै कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सुदन थापाको प्रतिस्पर्धा हुने भएको छ । सह कोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै एक महिला संयोजकका लागि चारजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराउनेमा प्रमिलाखड्का बस्नेत, भोमादेवी लिम्बु, संगीता मरहठ्ठा शर्मा र जुनु गुरुङ छन् । युवा संयोजकमा एक पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।

    हिमाल गुरुङ, स्वतन्त्र प्रताप शाह र सुदीप कार्कीले युवा संयोजक पदका लागि उम्मेदवारी दिएका हुन् । त्यस्तै क्षेत्रीय संयोजक, उपसंयोजक, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजकमा निर्वाचन हुनेछ । निर्वाचन कमिटीका अनुसार क्षेत्रीय उपसंयोजक र क्षेत्रीय युवा संयोजक (अफ्रिका) का लागि उम्मेदवारी परेन । विभिन्न देश र प्रशान्तको क्षेत्रीय संयोजक, उपसंयोजक, क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी परेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij