Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुवातास खेल्ने तीन जना पक्राउ


  • बुधबार, असोज २९ २०७६

  • जुवातास खेल्ने तीन जना पक्राउ

    काठमाडौँ – सुनसरीको इटहरीमा जुवातास खेलिरहेका तीन जनालाई ३७ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी–१२ का शिव कार्की, तुलसी पाण्डे र मदन सरदार छन्।

    सोही वडाका नेविलाल सरदारको घरमा जुवा खेलिरहेका उनीहरूलाई मंगलबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ परेकालाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट बुधबार १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij