नुवाकोट– नुवाकोट जिल्लाको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएलगत्तै बट्टार बजार तनाबग्रस्त बनेको छ।
त्रिशुलीबाट काठमाडौं गइरहेको केरुङ यातायातको बसले ७ वर्षीय बालकलाई बुधबार दिउँसो ठक्कर दिएको हो ।
बालकको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका छन् । मृतक बालक तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको रहेको बताइएको छ । बालकको मृत्युपछि बट्टार बजारको स्थिति तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
