Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौँमा एनआरएनए नवौं विश्व सम्मेलन सुरु


  • मंगलबार, असोज २८ २०७६

  • काठमाडौँमा एनआरएनए नवौं  विश्व सम्मेलन  सुरु

    काठमाडौं– ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आजरदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मेलनको उद्घाटन गरेकी हुन् ।
    सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न एनआरएनहरुलाई आह्वान गरिन् ।‘नेपालको विकास र सम्बृद्धिमा एनआरएनले खेलेको भूमिका महत्वपूर्ण छ, एनआरएनले गदैै आएको सहयोगका लागि धन्यवाद दिँदै निरन्तरताको कामना गर्दछु ’ उनले भनिन् ।
    त्यसैगरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष शेष घले तथा अध्यक्ष भवन भट्टले सम्बोधन गरेका थिए ।
    दुई दिनसम्म होटल हायात रिजेन्सीमा चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् । मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ ।
    आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
    नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो । यस सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij