काठमाडौं – राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ ।
राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।
विमानस्थलबाट होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता हुनेछ ।
काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
