Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • सोमबार, असोज २० २०७६

  • अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    अर्घाखाँची- अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
    कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नं. को स्कार्पियो जीप सोमबार अपरान्ह १२:३० बजे सन्धिखर्क नगरपालिका वडा नंं ६ घुम्ती नजिकै दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका र उनीहरूको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ।

    जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि साढे तीनसय मिटर तल खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। दुर्घटनामा परी जीपका चालक कपिलवस्तु बुद्धभूमिका वीरेन्द्र श्रेष्ठ घाइते भएका छन्।

    अहिले दुर्घटनाका घाइतेहरूको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij