Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसिया प्यासिफिकका बलिया दाबेदार


  • बिहिबार, असोज १६ २०७६

  • एसिया प्यासिफिकका बलिया दाबेदार

    काठमाडौं – काठमाडौंमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा जापानका अजिव गुरुङ ‘ओम’ले एसिया प्यासिफिक को -अडिनेटर पदमा उम्मेदवारी दिने भएका छन् ।
    जापानबासी नेपालीहरु विच बौद्धिक र मिलानसार छवि बनाउन सफल गुरुङले एनआरएनए जापानको अध्यक्ष भई सफल कार्यकाल सम्पन्न काम गरिसक्नुको साथै ३ पटक आईसीसीको जिम्मेवारी कुशलता पूर्वक निर्वाह सम्पन्न गरेका छन् । जापान सहितका एसिया प्यासिफिक राष्ट्को साथिहरुको सल्लाह पछि संयोजकमा उम्मेदवारी दिने लागेको गुरुङले बताएका छन् ।
    पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिए पनि गुरुङ हाल चितवनको माडीका बासिन्दा ह
    हुन । उनी लामो समयदेखी जापानमा स्थापित सफल रेष्टुरेण्ट रेमिट्यान्स ब्यवसायी हुन । गुरुङ जापानमा सबैलाई मिलाएर लैजान सक्ने मिलनसार र बलियो उम्मेद्धारमा पर्दछन । अघिल्लो अधिबेशनमा साथीहरुलाई समर्थन गरेर अघी लगाएर बसेकाले अहिले भने पालो आएको र आफ्नो उम्मेद्धारी व्यक्तिगत स्वार्थ भन्दा पनि गैरआवासीय नेपालीकोहरुको समुचित बिकासको लागि निरन्तरता भएको दावी गरेका छन् ।


    नेपालीका लागि नेपाली,एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफुले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिएको गुरुङले स्वष्ट पारे। जापानस्थित नेपाल आदिबासी जनजाति महसंघ जापानको सस्थापक अध्यक्ष समेत रही विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरी सकेका गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो । बिगत एनआरएनए जापानको एनसीसीदेखी नै भबन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ गत निर्वाचनमा भट्टको बिजयीसंगै प्रबक्ता पनि निकै चर्चा थियो भने हाल पनि एनआरएनए आईसीसीको नीति र कार्यान्वयन जस्तो महत्वपूर्ण जिम्मेवारी ठाउँमा रहेर काम गरीरहेका छन् र गैरआवासीय नेपाली संघको परिकल्पना स्थापना र बिकासमा एनआरएनए एनसीसी र आईसीसीमा गुरुङको योगदान र भुमिका निकै महत्वपूर्ण मानिन्छ ।
    हाल पर्वत समाज जापान, नेपाल आदिवासी जनजाति महासंघ जापान, तमु धीं जापान,चितवन समाज जापान, तमु ह्युल छों धीं नेपालको अन्तर्राष्ट्रिय परिषद् सल्लाहकार लगाएत विभिन्न संस्थामा आवद्ध गुरुङ समसामयिक विषयमा कलमसमेत चलाउछन् ।
    एनआरएनए एसिया प्यासिफिक संयोजक पदमा उम्मेद्धार गुरुङले गैरआवासीय नेपालीहरुको हक अधिकार र विदेशमा निधन भएका नेपालीहरुको सरकारी तवरवाट नेपाल लाश र विदेशीभूमिमा अलपत्र नेपालीहरुको उद्धारमा आफुँ जोडदारसंग लाग्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij