Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँच लाख घुससहित ओभरसियर पक्राउ


  • बुधबार, असोज १५ २०७६

  • पाँच लाख घुससहित ओभरसियर पक्राउ

    काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित एक जना ओभरसियरलाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको छ ।

    लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    टोखा नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको प्रमाण-पत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टङ्गालबाट खटेको अख्तियारको कार्यालय परिसरबाटै उनलाई मंगलबार नियन्त्रणमा लिएको कोइरालाले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij