Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैंक अफ काठमाण्डूको कर्जा हिनामिना आरोपमा पूर्वसिइओसहित सात जना पक्राउ


  • आइतबार, असोज ५ २०७६

  • बैंक अफ काठमाण्डूको कर्जा हिनामिना आरोपमा पूर्वसिइओसहित सात जना पक्राउ

    काठमाडौं – नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोपमा बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
    केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।
    उनीहरूलाई शुक्रबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
    दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड कर्जा निष्कासन भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
    अनुसन्धानको क्रममा पक्राउ गरी प्रहरीले बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी गरेको हो।
    नक्कली कागजातका आधारमा कर्जा निष्कासन भएपछि बैंक अफ काठमाडौंले प्रहरीमा निवेदन दिएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij