काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । समकक्षी प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेलगत्तै मन्त्री यीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता हुनुअघि राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको थियो ।
भेटका क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको बताइएको छ । सोही क्रममा नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
