काठमाडौं – मकवानपुरस्थित भीमफेदीमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आठ जना यात्रु घाइते छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर ६ चियानडाँडाँमा दुर्घटना भएको हो।
शुक्रबार दिउँसो २ बजेतिर भएको दुर्घटनामा परी रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र सर्लाहीका महेन्द्र सहनीको मृत्यु भएको हो। आठ जना घाइतेको हेटौंडास्थित अस्पतालमा उपचार भइराखेको उनले बताए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
