Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रवि लामिछाने जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालत पुगे


  • मंगलबार, भाद्र १७ २०७६

  • रवि लामिछाने जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालत पुगे

    काठमाडौँ– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर माग गर्दै टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पुगेका छन् ।

    पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछाने ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
    लामछिाने र कँडेल मंगलबार उक्त आदेश बदरको माग गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।
    अघिल्लो सोमबार लामिछाने र कँडेललाई न्यायाधीश हेमन्त रावलको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो ।
    लामिछाने र कँडेलले फौजदारी कार्यिवधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।
    उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij