काठमाडौं – काठमाडौंको गौशालाको पशुपति भण्डारखाल जंगलमा एक अन्तरजातीय जोडी मृत भेटिएका छन् ।
एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएका हुन् ।
‘दुवै पक्षको आफन्तको रोहवरमा सनाखत गरेर पोष्टमार्टमका लागि पठाइसकिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट केही कागज पत्र र मोबाइल भेटिएका छन् ।
तर, मृत्युकालीन घोषणा गरिएको भने भेटिएको छैन । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
