काठमाडौं – नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ चिनियाँ नागरिकलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।
प्रहरीको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ ।
उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीले जनाएको छ।
नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक जना पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको पाइएपछि प्रहरीले दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
