Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुडान घोटालाका दोषी भारती पक्राउ


  • शुक्रबार, भाद्र १३ २०७६

  • सुडान घोटालाका दोषी भारती पक्राउ

    काठमाडौं – नेपाल प्रहरीको सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामाग्रीहरु खरिदमा भएको घोटाला प्रकरणका दोषी शम्भु भारती पक्राउ परेका छन्। भारतीले सुडान मिसनका लागि आवश्यक सामाग्री आपूर्ती गरेका थिए।
    सर्वोच्च अदालतको फैसला कार्यान्वयन महाशाखाले भारती पक्राऊ परेको पुष्टि गरेको छ। सर्वोच्च अदालतले दोषी ठहर गरेपनि भारती फरार रहेका थिए। सुडान मिसनका लागि सामान किन्दा २८ करोड ४० लाख भ्रष्ट्राचार भएको थियो। भारतीलाई उक्त प्रकरणमा अदालतले एक बर्ष कैद र १४ करोड २० लाख जरीवाना तोकेको थियो।
    सर्वोच्च अदालतले ठेकेदार कम्पनी एस्युर्ड रिस्क कम्पनीका एजेन्टका रुपमा रहेका भारतीलाई दोषी मानेको थियो।
    सर्वोच्च अदालतले सुडान घोटालाको मुद्दामा तत्कालिन महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij