Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संविधान दिवसको दिन डेटिङ जान र बियर खान विदा दिएको होइन – संचारमन्त्री


  • बुधबार, भाद्र ११ २०७६

  • संविधान दिवसको दिन डेटिङ जान र बियर खान  विदा दिएको होइन   – संचारमन्त्री

    काठमाडौं -संविधान दिवस भव्यताका साथ मनाउन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आग्रह गरेका छन् ।
    बुधबार संचार मन्त्रालयमा संविधान दिवस मूल समारोह समिति अन्र्तगत प्रचार प्रसार उपसिमितिले गरेको छलफल कार्यक्रममा उनले संविधान दिवसमा गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको अर्थपुर्ण सहभागीता हुनुपर्ने बताए ।
    त्यो दिन तास खेल्न, पिकनिक खान, वियर खान, गलफ्रेण्ड र ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति विदा दिएको होइन,’ उनले भने, ‘विदा राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’
    उनले संविधान दिवसलाई कर्मकाण्डी भन्दा सबै बर्ग विशेषको सहभागीता हुने गरी हर्षोल्लासपुर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij