Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालाजु औद्योगिक क्षेत्रमा एम्बुलेन्स मर्मत गर्दा आगलागी


  • बिहिबार, भाद्र ५ २०७६

  • बालाजु औद्योगिक क्षेत्रमा एम्बुलेन्स मर्मत गर्दा आगलागी

    काठमाडौं – काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बिग्रेको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्याँस लिक भएर आगलागी भएको हो ।
    महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार आगलागीबाट एम्बुलेन्ससहित ५ वटा गाडी जलेका छन् । अहिले आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।
    विहान करिब ११ बजेर ४० मिनेटदेखि सुरु भएको आगलागी मध्यान्ह १२ बजेर २५ मिनेटमा दमकलको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
    काठमाडौं महानगरपालिकाका २ वटा र नेपाली सैनिकको एउटा दमकलको सहयोगमा आगो निभाइएको बालाजु प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij