Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट


  • बिहिबार, भाद्र ५ २०७६

  • राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् ।
    बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर जयशंकरले राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए ।
    भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।
    जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए । उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij